×
images

आँपका परिकारहरुको सिप हस्तान्तरण कार्यक्रम सम्पन ।

वर्दिवास, आँपको मुल्य श्रृखलामा मुख्य प्रभाव पर्न सक्ने कारकतत्वहरु मध्य बजारिकरण प्रमुख चुनौती हो । कृषिमा लागेका उद्यमीहरुका धेरै चुनौतीहरु मध्य बजारिकरण र उचित मुल्य नपाउनु हो । उत्पादन भएका विभिन्न फलफलहरु जस्तै आँप, लिची, किबी र स्याउ जस्ता नेपाली उत्पादनले उचित मुल्य नपाउदा कृषक तथा कृषि उद्यमीहरु निरास भैरहेका छन । यसै निरासालाई चिरनका लागि आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा लि एग्रीनेपालले बिभिन्न निजि कम्पनी तथा साझेदारहरु संगको साझेदारीमा आँपका बिभिन्न पहिकारहरुको विकास र वजारिकरणमा टेवा प¥ुयाउने हेतुले महोत्तरी जिल्लाको बार्दिवास नगरपालिका वडा नं. १ मालपोत चोकमा अवस्थित एग्री नेपाल सेन्टरमा २०८२ असार २३ र २४ गते दुई दिने आँपका परिकारहरुको सिप हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ । 
उक्त सिप हस्तान्तर कार्यक्रमका लागि नेपाल स्थित अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र अस्टे«लियन एडको आर्थिक साहेतामा माही इन्टरप्राइजे संगको प्राविधिक साझेदारीमा पैरबी मञ्च बर्दिबास संगको सहकार्यमा एग्री नेपाल सेन्टर बर्दिबासमा संचालन भएको थियो । सो कार्यक्रममा स्थानिय उत्पादित पुन रुपमा पाकी सकेको आँपको समस्या समाधानमा टेवा पुयाउने बिश्वास संस्था कि परियोजना संयोजक नम्र्रता बस्नेतले व्यक्त गरेकी छिने । 
सिप हस्तान्तर कार्यक्रममा बर्दिबास नगरपालिका आसपासका ५६ जना सहभागिताहरु रहेको र
 तालिममा सहभागिहरु मध्ये कि पंचधुरा होम मेड अचार उद्योगकी अध्यक्ष प्रतिमा कोइरालाले आँपका विभिन्न विशेषताहरु बारेमा जानकारी भएता पनि घरेलु रुपमा काचो आँपको अचार उत्पादन गरेको र हाल यस सिप हस्तान्तर पछि उद्योगले व्यवसायीक रुपमा क्यान्डी, आम्चुर, पाउदर, पापद र आँपको तितैरा पनि उत्पादनमा जोड दिने वताउनु भएकी छिन ।
 एग्रीनेपालले उत्पादन हाले बर्दिवासमा संचालन गरेको एग्री नेपाल सेन्टरले विभिन्न उत्पादित अचार, खाद्यान्न, मरमसाला, धुप, अगरबत्तीहरु र तरकारीका पाउदरहरुलाई बजारिकरण गर्ने र सो उत्पादनलाई मिथिला प्रदक नामक व्राण्डमा बजारमा लाग्ने लक्ष्य रहेको जानकारी आर एण्ड डी इनोभेटिभ सोलुसनका कार्यक्रम संयोजक शुशिल न्हेम्हाफुकीले गराउनु भयो । साथै घरेलु रुपामा उत्पादित अन्य सामाग्रीहरुलाई पनि प्रवद्र्धन गर्न सेन्टरमा स्थान उपलव्ध गराउने पनि जानकारी गराउनु भएको थियो ।

शुक्रबार​ २७ असार २०८२ ०६:२९ AM मा प्रकाशित

प्रतिक्रिया