काठमाडौं उपत्यकामै ‘लम्पी स्किन’ रोगबाट १७४ गाईभैंसी मरे

    images

    ललितपुरमा ‘लम्पी स्किन’ संक्रमण बढ्दो क्रममा रहेको छ। झिंगा तथा लामखुट्टेको टोकाइबाट पशुमा सर्ने यो रोग जिल्लामा फैलिंदै गएको हो।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरकी चिकित्सक निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार ४३१ पशु संक्रमित भएका छन्। संक्रमितमध्ये ७२ भैंसी र ११ गाई मरिसकेका छन्।

    केन्द्रले थप क्षति नहोस् भनेर सजकता अपनाएको जानकारी दिंदै उनले जिल्लाभरमा आठ हजार ३०० गाईभैंसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइसकेको बताइन्। गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैंसीलाई खोप लगाइएको छ भने। गोदावरीमा संक्रमित पशुको संख्या २९६ पुगेको छ।

    “उपत्यकामा कुल संक्रमित पशुको सङ्ख्या १२ हजार ८७३ पुगेको छ,” तिमिल्सिनाले भनिन्। उनका अनुसार उपत्यकामा एक हजार १७ गाईभैंसी संक्रमणमुक्त भएका छन् भने मर्नेको संख्या १७४ पुगेको छ।”

    उपत्यकाभरका १७ हजार ९८८ गाईभैंसीलाई खोप लगाइसकेको उनले बताइन्। 
    साभार:himalkhabar

      आइतबार​ २१ साउन २०८० ०४:०० AM मा प्रकाशित

      प्रतिक्रिया